लोक फ्लेवरको 'जाले रुमाल'को सार्वजनिक कार्यक्रम स्थलमा किन आयो प्रहरी !

लोक फ्लेवरको 'जाले रुमाल'को सार्वजनिक कार्यक्रम स्थलमा किन आयो प्रहरी !
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : झन्डै २ दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय डिजे सन्तोषको नयाँ गीत सार्वजनिक भएको छा झलझली आँखामा, मै छोरी सुन्दरी जस्ता गीतहरूमा डिजे गरिसकेको डिजे सन्तोषले लामो समयको अन्तरालमा जाले रुमाल बोलको गीत सार्वजनिक गरेका हुन्। सुनिता थेगीम, टेकु कान्छा, डिजे सन्तोष, प्रीति कौर, सुरज शाही ठकुरी लगायतले यो गीतमा स्वर दिएका छन्।

तीज गीत फ्लेवरको लोक गीतलाई डिजे सङ्गीतको प्रयोग गरिएको छ। गीतमा रीमा विश्वकर्मासँग रसियन नागरिक नतालीया सन्तोक, धुव्र वडाथोकी लगायतले पनि स्कृन सेयर गरेकी छन्।

विद्यालय नजिक गीत लन्च

मध्य बानेश्वर, रत्न राज्य माध्यमिक विद्यालयको बिपरित स्थानको खुला ठाउँमा गीत देखाउने कार्यक्रम रहेछ लोकेसनदेखि हरेक कुरा उत्कृष्ट रहेको उक्त स्थान प्रायः टिकटकको जमघट स्थल पनि रहेछ। चर्चित युट्युबवर प्रिदेव जोशीदेखि टिकटकर डायमन्डसम्म त्यहाँ घुमिरहेका थिए।

कार्यक्रम सुरु हुनुअघि त्यो स्थान जति उत्कृष्ट लागेको थियो, उत्तिकै खराब पनि।

किनभने केही समयमै त्यहाँ एक प्रहरी जवान आइपुगे। आवाज चर्को भएको र नजिकको विद्यालयमा पढाई प्रभाव परेको भन्दै प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेका थिए। जसले गर्दा कार्यक्रम खल्लो हुन पुग्यो।

कार्यक्रम स्थल रोज्दा आयोजकले यस्ता कुरामा बिचार गरेको भए राम्रो हुन्थ्यो।

पवित्रा भइन्, पावला

नायिका पवित्रा आचार्यले भने उक्त म्युजिक भिडियो मार्फत आफ्नो नाम परिवर्तनको घोषणा गरेकी छन्। जाले रुमाल म्युजिक भिडियोको निर्माता समेत रहेकी उनले आफू यही कार्यक्रमदेखि पवित्राबाट पावला भएको बताइन्। केही फिल्महरूमा समेत काम गरिसकेकी पवित्राले आफ्नो नयाँ नामसँग नयाँ जन्म भएको बताइन्।

साउन १८, २०७९ बुधबार १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।