कोसीको बाढी पश्चिम लाग्दा श्रीलङ्का टापुका स्थानीय जोखिममा, उद्धारमा खटिए सुरक्षाकर्मी
सुनसरी : अविरल वर्षासँगै कोसी नदीको बहाव बदलिएर बस्तीमा पसेपछि त्यहाँ रहेका स्थानीय जोखिममा परेका छन्। निरन्तर पानी परेसँगै नदीमा पानीको बहाव बढेको थियो।
सप्तकोसीको चतरा पुल मुनिको डुर्मिबोटेबाट कोसी फुटेर उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पसेको छ। सप्तकोसीमा बाढी आए पनि भारतले कोसी ब्यारेजको सबै ढोका खोलेको छैन। जसले डुर्मिबोटेबाट श्रीलङ्का टापुको खेतीयोग्य जमिन र मानव बस्तीमा बाढी पसेको छ।
भारतले कोसी ब्यारेजका ढोका नखोल्दा कोसी पश्चिमतर्फ फर्केको छ। श्रीलङ्का टापुमा रहेकाहरू सङ्कटमा परेपछि अहिले उनीहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन्। कोसीको बाढी डुर्मिबोटे हुँदै सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलङ्का टापुतिर गएको छ।
साउन १८, २०७९ बुधबार १४:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।