बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु

इस्लामावाद : बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले जनाएका छन्।

हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ। तीमध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ।

मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका छन्।

साउन १८, २०७९ बुधबार ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।