कोरियामा एकै दिन एक लाख एघार हजारभन्दा बढीलाई कोरोना संक्रमण

कोरियामा एकै दिन एक लाख एघार हजारभन्दा बढीलाई कोरोना संक्रमण

सोल : दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। 

यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ। अघिल्लो दिन ४४ हजार छ सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो। 

नयाँ केसहरूमध्ये पाँच सय ६८ जना आयातित रहेको जनाइएको छ। यद्यपि ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन्।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ। यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना  सुरु भएबाट हालसम्म कुल मृतक संख्या २५ हजार ८४ पुगेको छ।

साउन १७, २०७९ मंगलबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।