कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौंः कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुनेछ। प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो।

प्रदेश सरकारले नागपञ्चमीका साथै प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४ गते, असार १५ धान दिवस (जुम्लाबाहेक), जुम्लामा चैत १२ गते धान दिवस, साउन १ गते देउडा दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र कात्तिक ३ गते असोज शुक्ल पूर्णिमा, माघ १ गते र चैते दशैंको अवसरमा बिदा दिँदै आएको छ।

साउन १७, २०७९ मंगलबार ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।