भारतको पश्चिम बङ्गालमा पिकअपमा करेन्ट लाग्दा १० बोलबम यात्रीको मृत्यु, १६ घाइते

भारतको पश्चिम बङ्गालमा पिकअपमा करेन्ट लाग्दा १० बोलबम यात्रीको मृत्यु, १६ घाइते
तस्बिर स्रोत: दैनिक भास्कर

एजेन्सीः भारतको पश्चिम बङ्गालमा रहेको कूच बिहारमा एक पिकअपमा करेन्ट लाग्दा १० जना बोलबम यात्रीको मृत्यु भएको छ। यही घटनामा १६ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको जलपाइगुडी अस्पतालमा उपचार भइरहेको छ। आइतबार राति १२ बजेतिर घटना भएको बताइएको छ। पिकअपमा २७ जना यात्री रहेको र उनीहरू जलपेशको शिव मन्दिरमा जल चढाउन जाँदै गरेको बताइएको छ।

घटनाको प्रारम्भिक कारण पनि खुलेको छ। पिकअपको पछाडि डिजे बजाउँदा जेनेरेटरको तारमा शर्ट सर्किट भएको बताइएको छ।

पिकअपमा करेन्ट लाग्नासाथ चालक भने भागेका थिए। नत्र घटना यति दर्दनाक थियो कि करेन्टको एकै झट्कामा १० जनाको ज्यान गयो।

साउन १६, २०७९ सोमबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।