म्यानमारमा थप ६ महिना सङ्कटकाल लगाइयो

म्यानमारमा थप ६ महिना सङ्कटकाल लगाइयो

एजेन्सीः म्यानमारले राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएको छ। म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार यस्तो निर्णय गरेको हो।

काउन्सिलले आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरु ६ महिना थप्नुपरेको जनाएको हो। म्यानमारको संविधानअनुसार यहाँ संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ।

कार्यबाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेका थिए। त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो।

म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ। सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ।

साउन १६, २०७९ सोमबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।