सञ्चारकर्मी गीताको 'छम्म छम्म नाचौं न' सार्वजनिक

सञ्चारकर्मी गीताको 'छम्म छम्म नाचौं न' सार्वजनिक

काठमाडौं : तीज नजिकिएसँगै नयाँ गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यही माहोलमा सञ्चारकर्मी गीता अधिकारीको शब्दमा तीज गीत ‘छम्म छम्म नाचौं न’ सार्वजनिक भएको छ।

गीतमा शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत र एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं लगायतले गीत सार्वजनिक गरे।

सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफी रहेको छ। भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकार फिचर्ड छन्।

भिडियोमा नरेश खरेलको श्रृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन छ। भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा ब्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन्।

साउन १५, २०७९ आइतबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।