बाँकेका असई बलात्कार आरोपमा हिरासतमा, विभागीय कारबाही सुरु

बाँकेका असई बलात्कार आरोपमा हिरासतमा, विभागीय कारबाही सुरु

बुटवल : बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रवीण चौलागाईविरुद्ध बलात्कार आरोपमा अनुसन्धान अगाडि बढेको छ।

प्रहरीले जिल्ला अदालतबाट बलात्कारमा न्यायिक हिरासतमा राख्ने म्याद लिएर अनुसन्धान सुरु गरेको हो। उनीमाथि हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

पछि उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले बलात्कार सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखेको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेले असई चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ।

बाँकेका प्रहरी प्रवक्ता मधुसूदन न्यौपानेले जबरजस्ती करणीको आरोपमा अदालतबाट अनुमति लिएर अनुसन्धान सुरु गरिएको बताए। पक्राउ परेकी एक महिलालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजानेक्रममा बलात्कार गरेको उनीमाथि आरोप लागेको थियो।

साउन १४, २०७९ शनिबार २२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।