भारतमा एकैदिन २० हजार कोरोना सङ्क्रमित फेला

भारतमा एकैदिन २० हजार कोरोना सङ्क्रमित फेला

एजेन्सीः भारतमा कोरोना भाइरसबाट एक दिनमै २० हजारभन्दा बढी सङ्क्रमित भएका छन्। शुक्रबार २० हजार ४०८ जना नयाँ सङ्क्रमित फेला परेका हुन्।

योसहित भारतमा चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये एक लाख ४३ हजार ३८४ जना सक्रिय सङ्क्रमित हुन्।

भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ। यस्तै शुक्रबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक दिनमा २० हजार ९५८ जना रहे।

साउन १४, २०७९ शनिबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।