रश्मिका र आफ्नो अफेयर हल्लाबारे बोले विजय देवरकोण्डा, भने- 'ऊ डार्लिङ हो'
एजेन्सीः दक्षिण भारतका दुई लोकप्रिय कलाकार विजय देवरकोण्डा र रश्मिका मन्दनाबीच अफेयर चलेको भनेर एक समय खुब हल्ला फैलाइएको थियो। त्यसमाथि 'डियर कमरेड' र 'गीता गोविन्धम' जस्ता चलचित्रमा सँगै काम गरेपछि त झनै शंकामाथि शंका थपियो।
उनीहरूले यस शंका निवारण गर्न कहिल्यै साँचो कुरा भनेनन्। हालै भने 'कफी विद करण ७' मा भने विजयले यसबारे मुख खोले। सो कार्यक्रमको यस साताको एपिसोडमा विजय र अनन्या पाण्डे गेस्ट थिए। 'लाइगर' फिल्मको प्रोमोशनका लागि।
त्यहाँ कार्यक्रमका होस्ट करण जोहरले रश्मिका तपाईंको गर्लफ्रेण्ड हो या होइन भनेर प्रश्न गरे। विजयले पनि जवाफ दिए। उनले रश्मिकालाई 'डार्लिङ' भनेर सम्बोधन गरे। र भने, 'रश्मिका एकदम राम्रो साथी हो।'
उनले करियरको सुरुदेखि नै सँगै काम गर्दै आएकाले पनि बण्डिङ भएको स्वीकारे।
यता छेउमा रहेकी अनन्याले भने इसारामा विजय र रश्मिकाको सम्बन्धको हिन्ट दिइरहेकी थिइन्। यो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
साउन १४, २०७९ शनिबार ०८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।