सेलिब्रिटीका प्रेम र बिछोड, बिलिभ इट अर नट भने जस्तै

सेलिब्रिटीका प्रेम र बिछोड, बिलिभ इट अर नट भने जस्तै

काठमाडौँ : सेलिब्रिटीको प्रेम र बिछोड रियल लाइफमा पनि फिल्मी नै हुने। हैन भन्ने हो भने केही समयपछि हाम्रो त प्रेम थियो नि पनि भन्छन्। कसैको त बिहे नै हुन्छ।

जस्तो अनुप बराल र दिया मास्केको सम्बन्ध गसिप भन्दाभन्दै बिहे भयो। सौगात मल्ल र सृष्टि श्रेष्ठबिचको प्रेममा तनाव भएर हातै काटेर नर्भिक भर्ना भएको हल्लै हो भन्दाभन्दै दुवैले बिहेको औपचारिक घोषणा नै गरिसके।

हरिहर अधिकारी र निता ढुङ्गानाको सम्बन्ध गसिप मात्र होला भन्दाभन्दै बिहे नै गरे।

अब हो नै भन्ने हो भने गसिपको बजारमा प्रेमी-प्रेमिका बनेकाहरू पछि दिदी-भाइ अनि दाजु बहिनीको रूपमा पनि देखिएका छन्। गायक प्रताप दास र गायिका प्रविशा अधिकारीबिच लभ परेको छ भनेर हल्ला गरे। प्रविशाको विवाहमा प्रताप भाइ बनेर खुट्टा धोएर कन्यादानै गरे।

तै पनि हल्ला आउन छाड्दैन। अहिले अर्को जोडी प्रेममा रहेको हल्ला छ फिल्मी बजारमा। ती हुन् नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठ।

आकाश प्रेम भन्दा पनि पूजा शर्मासँगको ब्रेकअपको चर्चाले लाइमलाइटमै छन् अझै। उनीहरूबिचको प्रेम सम्बन्ध पुष्टि भएन त्यो बेला। तर ब्रेकअपपछिको सम्बन्ध त प्रस्टै सार्वजनिक भो पूजाबाटै। आकाशले पनि हैन भन्न सकेनन्।
अहिले फेरि प्रेमको पो चर्चा छ त। यी दुईले न हो हामी प्रेममा छौँ भनेका पनि छैनन्। छ्या हैन, हामी त मिल्ने साथी पो हो त पनि भनेका छैनन्।

करुणालाई सार्वजनिक कार्यक्रममै आकाशसँगको प्रेम सम्बन्धबारे सोध्दा हैन भनिदिइनन्। यसले थप मलजल गर्यो सकारात्मक शंकामा।

उनले ‘म व्यक्तिगत कुरालाई गोप्य राख्न नै चाहन्छु ’ भनेर शङ्काको स्पेस ओपनै राखिदिइन्। अब स्पेस खाली भएपछि त्यो स्पेस शङ्का-उपशंकाले भरिनु त सामान्य भइहाल्यो। अनी हेडलाईन बन्ने नै भो 'आकाशसँगको प्रेमबारे करुणाः न हो भन्न सक्ने, न त होइन नै'। प्रेममै हो त ? कुरौ। कुर्नुको के विकल्प छ र।

साउन १४, २०७९ शनिबार ०१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।