भारतीय सेनाको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतीय सेनाको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

एजेन्सीः भारतको राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायु सेना (आईएएफ)का दुई विमान चालकको मृत्यु भएको छ। मिग–२१ जेट उडानको क्रममा दुर्घटना भएको थियो।

विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार स्थानीय समयअनुसार ९:१० मा दुर्घटनामा परेको थियो।

भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ। 

साउन १३, २०७९ शुक्रबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।