गायक रामकृष्णले २ वर्षपछि पनि डिभोर्सबारे कुरा चपाएरै बोले
काठमाडौँ : गायक रामकृष्ण ढकालको डिभोर्स भएको दुई वर्ष भइसक्यो। तर उनले सार्वजनिक रूपमा आफ्नो डिभोर्सको कुरा कहिल्यै स्विकारेनन्। अदालतमा गएर डिभोर्स भए पनि उनले कुरा चपाइरहे।
२०७६ पुसमा निलम शाहसँग डिभोर्स भएको थियो। तर उनले त्यो बेलामा पनि उनी छोरीसहित अमेरिका गएको मात्रै हो भनेर टारेका थिए।
दुई वर्षपछि त्यही प्रसङ्ग निस्कियो एक टेलिभिजन कार्यक्रममा। प्रकाश सुवेदीले कोट्याई-कोट्याई सोधे पनि उनी यसबारे खुलेनन्। उनले बितेका कुराहरू छाडिदिऊँ भन्दै टारिरहे। तर प्रकाशले के छाड्थे र। दर्शकलाई भनिदिनु न भन्दै सोधी रहे। उनले मैले पहिल्यै भनिसकेको हो फेरी त्यही कुरा नकोट्याऊँ भनेर टारे।
सिङ्गल कि भनेर सोध्दा पनि जे बुझ्नुहुन्छ त्यही भनेर टरेको टार्यै गरे। उनले ढकालको मुखबाट पारिवारिक सम्बन्ध खुलाउन सकेनन्।
सञ्चिता लुइँटेलसँग एक फिल्म खेल्दा नजिक भएका उनको र सञ्चिताबिच विवाह नै हुन लागेको चर्चा चलेको थियो। उनले त्यो बेलामा दुवै अविवाहित रहेको र इन्टिमेसी हुनसक्ने र जोडी मिल्छ कि क्या भन्ने लाग्न सक्ने भन्दै तर डेट भने नगएको बताएका थिए।
साउन १३, २०७९ शुक्रबार ००:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।