काठमाडौँ महानगरले हात्तीसार क्षेत्रमा टुकुचा खोला मिचेर बनेका संरचना हटाउँदै, नहटाए भत्काइने
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सिटी एक्सप्रेसदेखि जय नेपाल हलसम्म टुकुचा खोला मिचेर बनाइको घर र टहरा हटाउने भएको छ। लामो समयदेखि सो क्षेत्रमा नदी किनार मिचेर आवासीय र व्यापारिक भवन बनेको थियो। तर खोलाको अतिक्रमित क्षेत्र खाली गराउन सकेको थिएन।
महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै महानगरको सहरी व्यवस्थापन विभागबाट जारी गरिएको स्वीकृत नक्सा विपरीत र भवन निर्माण मापदण्ड विपरीत नक्सा स्वीकृत नै नलिई घर टहरा निर्माण गरिएको भन्दै ३५ दिनभित्र खाली गर्न भनेको छ।
३५ दिनभित्र खाली नगरे स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ७ अनुसार नियमानुसार कारबाही गरिने उल्लेख छ। सो परिच्छेदमा भवन निर्माण मापदण्डहरू उल्लेख छ। सो अनुसार ३५ दिने सूचना दिने र सो समयमा नहटाएमा महानगरले हटाउँदा लागेको शुल्क असुल्ने गरी हटाउन सक्ने उल्लेख छ।
साउन १२, २०७९ बिहीबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।