काठमाडौँको तीनकुनेदेखि माइतीघरसम्म साइकल लेन बन्ने
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले तीनकुनेदेखि माइतीघरसम्म साइकल लेन बनाउने भएको छ। बुधवार पारित भएको बजेटमा माइतीघरबाट तीनकुनेसम्म साइकल लेन बनाउन पाँच करोड विनियोजन गरेको छ।
सँगै ओभर हेड साइकल लेन सम्भाव्यता अध्ययनका लागि एक करोड रकम छुट्टाएको छ।
ललितपुर महानगरपालिकाले गत वर्षदेखि नै आफ्नो क्षेत्रमा साइकल लेन प्रयोगमा ल्याइसकेको छ।
ललितपुरमा साइकल लेनमा चिन्ह मात्र लगाइएको छ। चुनावी प्रचारको बेलामा बालेन्द्र शाहले चिन्ह मात्रै लगाएर नहुने बार्नुपर्ने बताएका थिए।
वजेटमा तीन कुनेमा बुद्ध पार्क संरक्षण र डिपिआरका लागि ५० लाख बजेट समेत छुट्टाएको छ।
बजेट पारित भएपछि मेयर बालेन्द्र शाहले सबैको सहमतिमा पुराना कार्यक्रमहरूलाई समेत निरन्तरता दिएर बजेट पारित भएको उल्लेख गरेका छन्।
साउन ११, २०७९ बुधबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।