वल वल, लाखे वल

ललितपुर : गथांमुग: सँगै पाटनमा मङ्गलवार मिप्वा लाखे निस्किएको छ। रातो लुगा लगाएको भयङ्कर डरलाग्दो देखिने मि प्वा: लाखे मुखबाट आगो ओकल्छन्।
मिप्वा लाखेलाई जिस्काउँदै ब्याँच अर्थात् भ्यागुता अघिपछि उफ्रिन्छन्। हरियो लुगा लगाएको ब्याँच देख्दा रिस थाम्न नसकेर मिप्वा लाखेले लखेट्छन्।
राक्षसी स्वरूप भए पनि लाखेलाई नेवारहरूले देवताको रूपमा पुज्दै आएका छन्। राक्षसी प्रवृत्तिमाथि सत्यको जीतका रूपमा रहेका यी सबै लाखेका छुट्टाछुट्टै महत्त्व छन्।
किंवदन्ती अनुसार किसानलाई सहयोग गर्न लाखेको उत्पत्ति गराइएको हो। तर लाखेको हातपाउ ठुला हुने भएकाले रोपाई भइसकेको खेतमा पनि कुल्चन थालेपछि खेती जोगाउने जिम्मा भ्यागुताले पाए।
त्यसपछि भ्यागुताले उनलाई पर भगाउन जिस्काउँदै बाली भन्दा पर लैजाने गर्छन्। अहिले देखाउने पनि त्यसैको प्रतीक हो।
पाटनको यल ल्याकु मि प्वा: लाखे नाच अन्य स्थानको लाखे नाचभन्दा फरक छ। पाँच दिनसम्म चल्ने यो नाचमा मसाल जलाएर लाखेले आगो फुक्ने गर्छन्। पाटनको सौग:बाट सुरु हुने यो नाच पाँच दिनसम्म विभिन्न स्थानमा प्रदर्शन गरिन्छ।
साउन १०, २०७९ मंगलबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।