विश्वविद्यालयको सामान्य समस्यामा पनि तालाबन्दी नगर्न प्राध्यापकलाई शिक्षामन्त्रीको आग्रह
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सानो समस्यामा पनि विध्वविध्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका छन्।
उनले नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग छलफल गर्दै विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे छलफल गरेका थिए।
मङ्गलवार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका थिए।
‘प्राध्यापक विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरू आइपर्छन्, तर समस्या आइहाल्यो भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन। छलफल र बहसबाट टुङ्ग्याऊँ।’
खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा ढिलाइ भएको प्राध्यापक सङ्घका पदाधिकारीहरूसँग सुझाव मागेका थिए।
‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’ मन्त्री पौडेलले भने, ऐनले सहमति अथवा खुल्ला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस्।’
साउन १०, २०७९ मंगलबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।