शाखा प्रमुख डा. सुरेन्द्रमाथि स्वास्थ्य सामाग्री खरिदमा २ कम्पनीलाई टेन्डर पारेर पाँच करोड घुस लिएको आरोप

शाखा प्रमुख डा. सुरेन्द्रमाथि स्वास्थ्य सामाग्री खरिदमा २ कम्पनीलाई टेन्डर पारेर पाँच करोड घुस लिएको आरोप

काठमाडौँ : स्वास्थ्य सामाग्री खरिदमा एकै कम्पनीलाई ठुलो मात्रामा ठेक्का पारेर अनियमितता गरेको आरोपमा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई मन्त्रालय बोलाइएको छ।

मङ्गलवार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको सचिवालयबाट गएको पत्रमा उनलाई विभिन्न गम्भीर आरोपसहित मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका हुन्।

चौरासियामाथि १० अर्बको औषधी उपकरण खरिदमा अनियमितता गरेको, सरुवामा पनि पैसा लिने गरेको र २ वटा कम्पनीलाई ८० प्रतिशत बढि ठेक्का दिएर ५ करोड बढी घुस लिएको पत्रमै आरोप लगाइएको छ।

उनीमाथि लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ठेक्का दिँदा अनियमित रूपमा दिएको आरोप लागेको छ। उनले यी दुवै कम्पनीलाई मिल्ने स्पेकिफिकेशन मिलाएर ८० प्रतिशत बढी ठेक्का पारेको र त्यसमा ०.५ प्रतिशत कमिसन लिएको आरोप लगाइएको छ।

चुनावको मौका पारेर गरियो डेढ अर्बको स्वास्थ्य टेन्डर, मन्त्री विरोधदेखि महाशाखा प्रमुख डा रुद्रसम्मको भूमिका शङ्कामा

स्थानीय तहको चुनाव पारेर तत्कालीन मन्त्री विरोध खतिवडासहितको समूहले डेढ अर्ब बढिको स्वास्थ्य उपकरण र सामाग्री खरिद गरेका थिए।

खरिदमा चौरासियासहित स्वास्थ्यमन्त्री खतिवडा, उनका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, महाशाखाको निर्देशक डा. रुद्र मरासिनीको र बायोमेडिकल इन्जिनियर पद्मा मिश्रा समेत जोडिएका थिए। तर राज्यमन्त्रीले मंगलबार चौरासियालाई मात्र बोलाएका छन्।

साउन १०, २०७९ मंगलबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।