‘प्रेमगन्ज’ युरोपका ४४ देशको रेस्टुरेन्टमा हैन हलमै रिलिज हुने

‘प्रेमगन्ज’ युरोपका ४४ देशको रेस्टुरेन्टमा हैन हलमै रिलिज हुने

काठमाडौँ : चलचित्र 'प्रेमगन्ज' जर्मनी लगायत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ।

नेपाली चलचित्र विदेशमा प्रदर्शन भए पनि नेपाली समुदाय केन्द्रित गरेर, ब्यतिगत टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन हुँदै आएका छन्।

'प्रेमगन्ज' विदेशी चलचित्र सरह विदेशी दर्शकहरूमाझ थिएटर मै प्रदर्शन हुने भएको निर्माण टिमले जानकारी दिएको छ। 'प्रेमगन्ज' जर्मनी, अस्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुने छ।

चलचित्र प्रेमगन्जलाई जर्मनी वितरक कम्पनीले नै युरोपमा वितरण गर्दै छ। निर्देशक परिच्छेद सेनले अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन गर्ने पहिलो प्रयास भएको बताए। अहिले वितरकहरूलाई नेपाली फिल्मको टिजर देखाउँदा नेपालमा पनि फिल्म इन्डस्ट्री छ र भन्ने प्रश्न आउने गरेको भन्दै यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारका लागि बाटो समेत खुलाउन सकिने बताए।

साउन १०, २०७९ मंगलबार १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।