चीनमा ४० डिग्रीको तापक्रमले पुल नै भाँचियो

चीनमा ४० डिग्रीको तापक्रमले पुल नै भाँचियो

एजेन्सीः चीनको फिजुवान प्रान्तस्थित कोन्जाउ शहरमा उच्च तापक्रमका कारण एक पुल भाँचिएको छ। सो क्षेत्रको तापक्रम ४० डिग्री पुगेसँगै पुलको मध्य भाग भाँचिएको हो।

स्थानीय मिडियाका अनुसार शनिबार साँझ सो पुल भाँचिएको हो। सो पुल करिब २० वर्षअघि बनेको हो।

पछिल्लो समय सामाजिक सञ्जालमा पुलको भिडियो भाइरल बनेको छ।

योसँगै चीन सरकारले ७० भन्दा बढी शहरहरूमा तापक्रम ४० डिग्रीभन्दा बढी पुग्ने भन्दै सरकारले चेतावनी दिएको छ। विगत चार दिनदेखि कोन्जाउ शहरको तापक्रम ४० डिग्री मापन गरिएको त्यहाँको मौसम विभागले जनाएको छ।

साउन १०, २०७९ मंगलबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।