विराटनगरका मेयर नागेशसँग चार बिगाहा जग्गा, ८० तोला सुन

विराटनगरका मेयर नागेशसँग चार बिगाहा जग्गा, ८० तोला सुन

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो गाडी, ८० तोला सुन र १० लाख रुपैयाँ सम्पत्ति रहेको खुलाएका छन्।

कोइरालाको सम्पत्तिको स्रोत पैतृक भएको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ। कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ११ र १५ का सात ठाउँमा साढे चार बिघा जग्गा रहेको विवरणमा उल्लेख छ।

विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९.७८ वर्ग मिटर (८५ कट्ठा) र विराटनगर ११ मा ११ कट्ठा जग्गा रहेको विवरणमा उल्लेख छ।

कैफियतमा विराटनगर ११ मा रहेको ११ कट्ठा जग्गा भाइ डाक्टर पुरु कोइरालाको नाममा रहेको उल्लेख गरेका छन्।

विवरणमा ८० तोला सुन भने २० वर्ष अघि ८ लाखमा खरिद गरेको उल्लेख छ। उनको नाममा सानिमा बैङ्कमा रहेको खातामा १० लाख रुपैयाँ छ। २०७८ चैतमा टोयोटा कम्पनीको प्राडो गाडी ३ करोड ३० लाखमा किनेको समय उल्लेख छ।

साउन १०, २०७९ मंगलबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।