गठबन्धनबारे माधव नेपालका धारणा अस्पष्ट, हेपे एक्लै जाने, गठबन्धन पनि नछोड्ने
पोखरा : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गर्दै' सिट बाँडफाँडमा सबै पार्टीको अस्तित्व स्वीकार नगरी दम्भ देखाए पार्टी आफ्नै शक्तिमा अगाडि बढ्ने बताए।
पुष्पलाल स्मृति प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको ४४ औँ पुष्पलाल स्मृति गोष्ठीमा अधिकांश समय गठबन्धनको पक्षमा खर्चिएका नेपालले बारम्बार कुनै एक पार्टीले आफू ठुलो दल भएको घमन्ड देखाए टुलुटुलु हेरेर नबस्ने दाबी गरिरहे। उनको सङ्केत काङ्ग्रेसप्रति रहेको प्रस्टै देखिन्थ्यो।
'गठबन्धनका दलबाट त्यस्तो दम्भ देखाएको अवस्थामा समाजवादीले आफ्नै सङ्गठनको आड भरोसामा अगाडि बढ्छ'उनले भने,‘एउटा पार्टीले मात्र आफै ठुलो भन्ने दम्भ देखाउँछ भने हामी टुलुटुलु हेरेर बस्ने छैनौँ। हामी आफ्नै पार्टीको बलबुतामा अगाडि बढ्ने र्छौं।’
अध्यक्ष नेपाल निर्वाचनमा तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिकासँगै सबै पार्टीको भावना अनुसार हुने पनि दाबी गते। उनले स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रूपमा लिएको बताउँदै यसैलाई आधार मानेर निर्वाचनमा जाने खुलाए।
उनले भने,‘अहिले केही दलका नेताहरूले अनेक थरिका कुरा गर्न थालेका छन्। तर, हामी गठबन्धनकै पक्षमा छौँ। आगामी निर्वाचनमा गठबन्धन कायमै रहन्छ यसका लागि हाम्रा अवश्य पनि बहस र छलफल गर्ने छौँ।’
साउन ९, २०७९ सोमबार २३:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।