भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता तथा अभिनेता भुवन केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

केसीसँगै अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनिलकुमार पोखरेल र सुष्मा कार्कीले बोर्ड अध्यक्षका लागि आवेदन दिएका थिए।

स्थानीय तहको निर्वाचन अगाडि मात्र उनी एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका थिए। उनीसँगै प्रधान र रौनियार अध्यक्षको बलियो दाबेदार देखिएका थिए।  केसी यौन दुर्व्यवहारको आरोपी समेत हुन्। उनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहार गरेको आरोप सार्वजनिक गरेकी थिइन्।

केसीले शाहविरुद्द काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दर्ता गराएका छन्। मुद्दा टुङ्गिएको छैन। 

साउन ९, २०७९ सोमबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।