आज कर्णाली प्रदेश सभाको बैठक बस्दै
काठमाडौंः करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक आज बस्ने भएको छ। सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्र यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो। त्यसयता बैठक बसेको छैन।
आजको बैठक भने दिउँसो ३ बजे बस्ने भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए।
यसअघि साउन ४ गते सभामुख शाहीको संयोजकत्वमा बसेको सर्वदलीय बैठक पनि बिनानिष्कर्ष टुङ्गिएको थियो। बैठकमा केही टुङ्गो नलागेपछि उनले यो समस्यालाई गठबन्धन दलभित्र समाधान गर्न सुझाएका थिए।
साउन ९, २०७९ सोमबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।