दराजको महाबचत बजार: राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डमा ६० प्रतिशतसम्म छुट
काठमाडौंः ई कमर्श वेभसाइट दराजले आफ्नो वार्षिक अभियान 'दराज महाबचत बजार' सुरु गरेको छ। हिजो साउन ८ गतेबाट सुरु भएको यो अभियानअन्तर्गत ग्राहकहरूले दराजमार्फत किनमेल गर्दा थप बचत गर्ने अवसर प्राप्त गर्नेछन्।
राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डमा ६०% सम्म छुटको व्यवस्था रहेको छ। यस्तै अनलाइन प्रिपेमेन्टमा रु एक हजार ५०० सम्मको छुट, सात हजारसम्मको भौचर, निःशुल्क शिपिङ, र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका पनि ग्राहकहरूले पाउनेछन्।
अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भमा, दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२% (अधिकतम रु १५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकहरूले माथि उल्लेखित छुटको लाभ लिन सक्नेछन्। यसबाहेक, आफ्नो ई-सेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सीमित अवधिको लागि १०% (अधिकतम रु १०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
दराज महाबचत बजारमा लोकप्रिय खेल 'एक रुपैयाँ गेम' पनि रहेको छ। यसमार्फत ग्राहकहरूले कुनै पनि पुरस्कार एक रुपैयाँमा जित्ने मौका पाउने छन्। पुरस्कारमा निउ क्लासिक हेल्मेट, हाईग्राउण्ड एडभेन्चर र प्रोआर्ट आर्टको सामग्री रहेका छन्।
यो योजनाअन्तर्गत ग्राहकहरूले एक पुरस्कारको लागि मात्र खेल्न सक्नेछन्। सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रिपेमेन्ट मार्फत रु एक प्रिपे गर्नुपर्छ। प्रस्ताव समाप्त भएपछि सबै सहभागीहरूलाई रकम फिर्ता गरिने दराजले बताएको छ।
यस्तै ६० प्रतिशत छुट प्राप्त गर्न सकिने ब्राण्डका डायमण्ड पार्टनर्समा एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन्।
प्ल्याटिनम पार्टनर्समा एर्के, सीजी डिजिटल, कोंका, मसला बिड्स, लोत्टो र किउ एण्ड यू फर्निचर रहेका छन्। गोल्ड पार्टनर्सहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, आङ्कर, रोहतो मेन्थोलाटम, बियर्डो, जीन्सवेस्ट र लियोन ब्यूटी रहेका छन्।
अभियानका अतिरिक्त हाइलाइटहरूमा एड टु कार्ट, हट सेवर्स, शेक शेक, फलो एण्ड विन, र दराज जेम्स समावेश छन्।
साउन ९, २०७९ सोमबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।