रुससँग युद्धरत युक्रेनको डोनबास क्षेत्रमा दुई अमेरिकीको मृत्यु

रुससँग युद्धरत युक्रेनको डोनबास क्षेत्रमा दुई अमेरिकीको मृत्यु

एजेन्सीः युक्रेनको पूर्वी डोनबास क्षेत्रमा दुई अमेरिकीको मृत्यु भएको छ। अमेरिकी राज्य विभागले शनिबार यसको पुष्टि गरेको हो।

युक्रेनविरूद्ध रुसले सुरू गरेको युद्धमा महिनौँपछि आक्रमणलाई थप केन्द्रित गरेकाले त्यहाँ झडप भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। युक्रेनले पहिलेको सैन्य प्रशिक्षणको फरक–फरक किसिमका स्वयम्सेवकहरूका लागि अन्तर्राष्ट्रिय सैन्य दलमा भर्ती गरेको छ।

यद्यपि, विदेश मन्त्रालयले मृतक अमेरिकीहरू लडाइँका लागि युक्रेन पठाइएका थिए वा थिएनन् भन्नेबारे केही उल्लेख गरेको छैन।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, “हामी युक्रेनको डोनबास क्षेत्रमा हालै दुई अमेरिकी नागरिकको मृत्युको पुष्टि गर्न सक्छौं। हामी परिवारसित सम्पर्क राख्दैछौं र सम्भाव्य कन्सुलर सहयोग प्रदान गर्दैछौं।”

मन्त्रालयले ‘यस कठिन समयमा परिवारहरूको दुःखमा समवेदना प्रकट गर्नुबाहेक तत्काल थप केही जानकारी दिन असमर्थ भएको" बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेश विभागले अमेरिकी नागरिकहरूलाई यस द्वन्द्वमा भाग लिन युक्रेन नजान सुझाब दिएका छन्।

साउन ७, २०७९ शनिबार २२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।