सर्वनामको थिएटरमा 'सपना अनेक अनेक’

सर्वनामको थिएटरमा 'सपना अनेक अनेक’

काठमाडौं : सर्वनामले साहित्यकार गीता खत्रीद्वारा लिखित खण्डकाव्य 'आमा हुन् आमा’ मा आधारित गीति नाटक 'सपना अनेक अनेक' प्रदर्शन गरेको छ।

रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशन रहेको गीति नाटकमा राजु सिंहको संगीत तथा सत्यराज आचार्य र बानिका प्रधानले स्वर दिएका छन्।

प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको नाटकमा मनोज महर्जन, धिरज थापा मगर, शु-गुँ, रविना परियार, निरीक्षा घतानी, भावना उप्रेती र मिलन शाक्यको अभिनय रहेको छ।

सपना अनेक अनेकमा युवापुस्ताको देश छोडेर अमेरिका जाने सपना र त्यही सपनाका कारण सिर्जित रोदनका बीचमा देशप्रतिको प्रेम र तडपनलाई प्रमुखता प्रदान गरिएको छ। साथै आफ्नै माटो र बाटोको बियोग तथा मातृभूमिप्रतिको अगाध मायालाई परिघटनामा कथाले समेटेको छ।

गीति नाटक यही साउन ५ गतेदेखि २१ गतेसम्म बिहीबार बाहेक हरेक दिन साँझ साढे ५:३० बजे र शनिबार १ बजे अतिरिक्त शो प्रदर्शन हुनेछ।

साउन ५, २०७९ बिहीबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।