श्रीलंकामा आज राष्ट्रपतिका लागि मतदान, संसदले नै छान्ने

श्रीलंकामा आज राष्ट्रपतिका लागि मतदान, संसदले नै छान्ने

काठमाडौं : श्रीलंकामा आज राष्ट्रपति छान्नका लागि संसद्मा मतदान हुँदैछ। जनआन्दोलन थेग्न नसकेर अहिलेका राष्ट्रपति भागेपछि श्रीलंकामा नयाँ राष्ट्रपति छान्न मतदान हुने लागेको हो।

आर्थिक संकट चुलिएपछि त्यहाँका राष्ट्रपति गोटवाया राजापाक्षे विरुद्ध जनआन्दोलन भएको थियो। जनआन्दोलन सामना गर्न नसकी उनी देश छोडेर भागेका छन्।

श्रीलंकामा कार्यकारी अधिकार सहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिने संवैधानिक व्यवस्था छ। तर अहिले भने पहिलो पटक संसदबाट राष्ट्रपति छान्न मतदान हुन लागेको हो।

नयाँ राष्ट्रपतिका लागि रनिल विक्रमासिंघे, दलास अलाहप्पेरूमा र अनुरा कुमारा दिस्सानायकेले उम्मेदवारी दिएका छन्। २२५ सदस्यीय श्रीलंकाको संसदमा सबैभन्दा धेरै श्रीलंका पोदुजन पेरामुनाका १०० जना सांसद रहेका छन्।

साउन ४, २०७९ बुधबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।