सिन्धु नदीमा डुङ्गा दुर्घटनाः २३ जनाको मृत्यु, २६ बेपत्ता 

सिन्धु नदीमा डुङ्गा दुर्घटनाः २३ जनाको मृत्यु, २६ बेपत्ता 

इस्लामाबाद : एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन्। 

राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर  खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन्। क्षमताभन्दा बढी यात्री बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ। 

दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन्। आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ। डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए। गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो। 
 

साउन ३, २०७९ मंगलबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।