मलेसियामा कोरोना संक्रमित बढ्दै, थप ७ जनाको मृत्यु

मलेसियामा कोरोना संक्रमित बढ्दै, थप ७ जनाको मृत्यु

एजेन्सी : मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ। गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ। साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ। यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्रमितहरुको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन्। यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन भनेका छन्।
 

साउन ३, २०७९ मंगलबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।