'गेम अफ थ्रोन्स' अभिनेत्री एमिलिया क्लार्क 'ब्रेन एन्युरिज्म'को बिरामी, दिमागको केही भाग 'ड्यामेज'
एजेन्सीः हलिउड अभिनेत्री एमिलिया क्लार्कले आफू 'ब्रेन एन्युरिज्म' नामको रोगबाट पीडित भएको बताएकी छिन्। यो एक प्रकारको दिमागको रोग हो।
बीबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले आफूलाई दुई पटक ब्रेन एन्युरिज्म भएको खुलाएकी हुन्। पहिलो पटक सन् २०११ र दोस्रो पटक सन् २०१३ मा यो रोग लागेको उनले बताइन्।
अर्थात् उनलाई यो रोग 'गेम अफ थ्रोन्स'को शुटिङको दौरान लागेको थियो। त्यसबेला उनले ब्रेन सर्जरी पनि गराएकी थिइन्। त्यसपछि आफ्नो जिन्दगी पूरै बदलिएको उनले बताएकी छिन्।
३५ वर्षीय एमिलियाले अनतर्वार्ताकै क्रममा आफ्नो दिमागको केही भागले अझै पनि नगरेको र ती भाग ड्यामेज भएको पनि बताइन्।
एमिलियाका अनुसार सर्जरीपछि उनलाई आफ्नो दिमागको एक भाग नै गायब भएजस्तो महसुस हुन्छ। यद्यपि, आफू बोलचाल गर्न सक्नै नै महत्त्वपूर्ण कुरा भएको उनले बताइन्।
एमिलियाले भनेकी छिन्, 'म आफ्नो जीवन रचनात्मक तरिकाले बाँचिरहेकी छु। साँचो के हो भने धेरै मानिस यो रोगबाट ग्रस्त भए पनि बाँच्न सफल हुन्छन्। र यो समस्याका बावजुद म राम्रो काम गरिरहेकी छु। आफ्नो डायलग नभुली म शोहरू गरिरहेकी छु।'
के हो ब्रेन एन्युरिज्म?
ब्रेन एन्युरिज्ममा दिमागको नसा कमजोर भएर सुन्निन्छन्। औसतमा ५० वर्षमाथिका, उच्च रक्तचाप भएका, वंशाणुगत रोग भएका अथवा दिमागी चोट वा तनाव झेलिरहेका व्यक्तिलाई यो रोग लाग्ने गर्दछ।
यो रोग दिमागको जुनसुकै भागमा हुनसक्छ। र यो जुनसुकै बेला फुट्नसक्छ। अत्यधिक टाउको दुख्नु, हात-खुट्टा झमझमाउनु, लगातार कमजोरी र रिँगटा लाग्नु यो रोगको लक्षण हो।
यस्तै यो रोगले मिर्गी पनि हुनसक्छ।
साउन ३, २०७९ मंगलबार ०९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।