खडेरी परेपछि स्थानीयले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगे

खडेरी परेपछि स्थानीयले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगे

बुटवल : धान रोप्नुपर्ने बेला लामो समयदेखि पानी नपरेर खडेरी लागेपछि पश्चिम नवलपरासीको सरावलका किसानले जनप्रतिधीलाई बांधेर मन्दिर लगेका छन्।

उनीहरूले यसरी जनप्रतिनिधिलाई बाँधेर मन्दिरमा लैजाँदा पानी पर्ने विश्वासमा उनीहरूलाई बाँधेर हिँडाउँदै मन्दिर लगेका हुन्।

‘पानी पर्छ कि भनेर गाउँका किसानले भनेपछि हामी बाँधिन तयार भई मन्दिर गएका हौ,’ गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले भने।

उनले पहिले-पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगी पूजा गर्ने चलन रहेको र अहिले जनप्रतिनिधि नै गाउँका अगुवा भएकाले स्थानीय विश्वास अनुसार आफूहरू बाँधिन राजी भएको बताए।

स्थानीयका अनुसार सरावल गाउँपालिका किसानले गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगेका थिए।

बाँधेर मन्दिर लगिएका गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती चमार,वडा नम्बर ३ का वडा अध्यक्ष फिरिंगी चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली,पूर्व सांसद राम लखन हरिजन वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव,वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मण चौधरी लगायतका  जनप्रतिनिधिले पानी माग्दै मन्दिरमा पूजा गरेका थिए।

साउन २, २०७९ सोमबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।