भारतमा ४० यात्रु सवार बस नदीमा खस्यो, हालसम्म १३ शव प्राप्त

भारतमा ४० यात्रु सवार बस नदीमा खस्यो, हालसम्म १३ शव प्राप्त

एजेन्सीः भारत मध्यप्रदेशको धार जिल्लामा आज बिहान यात्रुबस दुर्घटना भएको छ। इन्दौर-खरगोन सडकखण्डमा इन्दौरबाट पुणे जाँदै गरेको बस बिहान ९:४५ मा नर्मदा नदीमा खसेको हो।

हालसम्म घटनास्थलबाट १३ शव निकालिसकिएको छ। बसमा महिला तथा बालबालिका समेत गरेर ४० यात्रु सवार थिए।

मृतकको हालसम्म सनाखत भएको छैन भने १५ जनालाई जीवितै उद्धार गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बसले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा नदीमाथिको पुलमा रहेको रेलिङमा ठोकिएर अनियन्त्रित भएर दुर्घटना भएको हो।

शवको खोजी गर्न प्रहरी तथा सुरक्षाकर्मीलाई स्थानीयले समेत सहयोग गरेका छन्। यद्यपि, केही शव बगेको बताइएको छ।

साउन २, २०७९ सोमबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।