पोखरामा बैँकको एटिएम फोर्न खोज्ने एक युवक पक्राउ
पोखरा : पोखरामा बैँकको एटिएम मेसिन फोर्न खोज्ने एक युवक पक्राउ परेका छन्। असार ३१ गते राति पोखरा महानगरपालिका –८ न्यूरोडमा रहेको एनआइसी एसिया बैँकको एटिएम मेशिन फोर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो।
एटिएम तोडफोड गरेको आरोपमा रुकुम स्थायी घर भई हाल पोखरा पृथ्वीचोक बस्ने वर्ष १९ का नरेश पुन मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए।
बैँकका कर्मचारीले पैसा चोर्ने नियतले रातको समयमा गैँचीको प्रयोग गरी पुनले मेसिन फोडेको देखिपछि प्रहरीलाइ खबर गरेको थिए। त्यस लगत्तै प्रहरी घट्ना स्थल पुग्दा पुन भागेपछि प्रहरीले सिसिटि भीफुटेजका आधारमा उनलाई पोखराको अमससिंहचोकबाट पक्राउ गरेको हो।
पक्राउ परेका पुनमाथि चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।
साउन १, २०७९ आइतबार २२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।