चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता

चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता

एजेन्सी : चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा आएको आँधीका कारण आइतबार बिहान ७ बजेसम्म ६ जनाको मृत्यु भएको  छ भने १२ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

शुक्रबारदेखि बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बेइचुआन छियाङ स्वायत्त काउन्टीमा ११० मिलिमिटरसम्म वर्षा भएको र करिब २२, ३०० मानिसहरूलाई असर गरेको बताइएको छ।

बाढीका कारण बैशी टाउनसिपमा ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्। त्यसैगरी अधिकारीहरूले हराएकाहरूको खोजी गर्न, सडक र सञ्चार सुविधाहरू मर्मत गर्न र अन्य उद्धार कार्यहरू सञ्चालन गर्न  ४०० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलतर्फ पठाएका छन्। बैशी टाउनसिपका ४८० जनासहित १३ सयभन्दा बढीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ।
 

साउन १, २०७९ आइतबार १९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।