साउनको रौनक आयो बरी लै !
काठमाडौँ : साउन। शिव भगवानको महिना। विशेष गरी शिवभक्तहरूले यो महिना विशेष रूपमा पूजा अर्चना गरेर एक वर्षसम्म मनाउँछन्। विशेष गरेर सोमबार महिलाहरू व्रत बस्ने, हरियो चुरा लगाउने गर्छन्। पछिल्लो समय भने मेहन्दी लगाउने क्रम समेत बढेको छ।
विवाहित हुन् या अविवाहित, शिव भगवानप्रति आस्थावानहरुले एक महिना माछा-मासु नखाई हरेक सोमबार व्रत बस्ने गर्छन्। साउनको पहिलो दिन काठमाडौँका विभिन्न स्थानमा पोते अनि चुरा किन्नेहरूसँगै हातमा मेहन्दी लगाउनेहरूको भिड पनि उत्तिकै देखिन्थ्यो। न्युज बैङ्क नेपालले काठमाडौँको विभिन्न स्थानमा खिचेका तस्बिरहरू :
साउन १, २०७९ आइतबार १८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।