तिलोत्तमाको नगरसभा बैठक स्थगित, एमालेका जनप्रतिनिधिले गरे नाराबाजी
बुटवल : तिलोत्तमा नगरपालिकाको १२ औँ अधिवेशनको चौथो बैठक स्थगित भएको छ। नगरप्रमुख रामकृष्ण खाँणले बैठकको गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गर्ने निर्णय सुनाएका थिए।
बैठकको प्रारम्भमा बैठकमा सहभागी एमालेबाट निर्वाचित जन प्रतिनिधिमध्ये ४२ जनाले हाजिर गरेका थिए भने उपस्थित भएपनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले हाजिर गरेका थिएनन्।
उप-प्रमुख जगेश्वरी चौधरीले सभामा उपस्थित भएका नगरसभासदस्यहरुलाई षड्यन्त्रपुर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई स्थगित गरेको बताइन्। एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुलाई हाजिर गर्न बाट बन्चित गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली बिरुद्ध नारावाजी गरी रहेका छन्।
बैठक स्थगन गरेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली कांग्रेस कार्यकर्ता सहितको बैठकमा सहभागी भएको एमालेको आरोप छ। गत शुक्रवार पनि आयोजना गरिएको बैठक गणपूरक संख्यामा नपुगेको भन्दै स्थगन भएको थियो।
सुक्रवारको नगरसभा बैठकमा उपस्थित भएका ८८ जनाको उपस्थित भएको प्रमाण आफूहरूसँग भएको दाबी उप प्रमुख चौधरीको छ भने नगरप्रमुख खाँणले भने ४१ जनाको मात्रै उपस्थित रहेकोले स्थगित गर्नुपरेको बताउँदै आएका छन्।
साउन १, २०७९ आइतबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।