चिरञ्जीवीको घरमा आमिरको 'लाल सिंह चढ्ढा'को स्पेशल स्क्रिनिङ, राजामौलीदेखि नागार्जुनसम्मले हेरे

चिरञ्जीवीको घरमा आमिरको 'लाल सिंह चढ्ढा'को स्पेशल स्क्रिनिङ, राजामौलीदेखि नागार्जुनसम्मले हेरे

एजेन्सीः आमिर खान लामो समयपछि ठूलो पर्दामा देखिँदैछन् फिल्म 'लाल सिंह चढ्ढा' मार्फत। उनको यो फिल्म हुन चाहिँ हलिउड फिल्म 'फरेष्ट गम्प'को हुबहु कपी हो।

यसैबीच हिजो फिल्मको स्पेशल स्क्रिनिङ दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार चिरञ्जीवीको घरमा भयो। चिरञ्जीवी अभिनेता राम चरणका बुवा हुन्। राम चरण पनि स्क्रिनङमा थिए।

स्क्रिनिङमा आमिर पनि थिए। एस.एस राजामौली जस्ता सुपरहिट फिल्म बनाउने निर्देशक पनि थिए। यस्तै दक्षिण भारतकै अर्का सुपरस्टार नागार्जुन पनि थिए। अनि नागार्जुनका छोरा नागा चैतन्य पनि। र 'पुष्पा' फिल्मका निर्देशक सुकुमार पनि उपस्थित थिए।

यो स्क्रिनङ गर्नुको पछाडि विभिन्न कारण होला। तर विशेषतः दुईटा कारण छन्। पहिलो, आमिरले फिल्मको कमाइ दक्षिण भारतीय बजारमा देखे। दक्षिण भारतका सुपरस्टारलाई साथ लिएर जाँदा उनको फिल्म दक्षिण भारतमा पनि सुपरहिट हुने सम्भावना हुन्छ।

र दोस्रो, फिल्ममा नागा चैतन्यको पनि भूमिका छ। उनको भूमिका सशक्त नै रहेको निर्माण युनिटले बताउँदै आएको छ।

फिल्म ११ अगस्टमा प्रदर्शनमा आउनेछ।

साउन १, २०७९ आइतबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।