इन्डोनेसियाको जाकार्तामा  पृथकतावादीको आक्रमणमा परी कम्तीमा १० सर्वसाधारणको मृत्यु

इन्डोनेसियाको जाकार्तामा  पृथकतावादीको आक्रमणमा परी कम्तीमा १० सर्वसाधारणको मृत्यु

एजेन्सी : इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ। उक्त घटनामा अन्य दुई जना घाइते भएका छन्। 

प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक पृथकतावादी समूहले गराएको दावी गर्दै भने, “आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन्। 

प्रान्तीय प्रहरी प्रवक्ता कमलका अनुसार इन्डोनेशिया सरकारले ‘आपराधिक सशस्त्र समूह (केकेबी) जिल्लाका चार स्थलमा छुट्टाछुट्टै आक्रमण गरेको थियो।   

आक्रमणमध्ये एउटा ट्रकमा सवार रहेका स्थानीयलाई सशस्त्र हतियारधारी समूहको  करिब २० जनाको जत्थाले गरेको थियो।

असार ३२, २०७९ शनिबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।