लागूऔषध तस्करलाई पक्राउ गर्न खटिएको मेक्सिको सेनाको हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

लागूऔषध तस्करलाई पक्राउ गर्न खटिएको मेक्सिको सेनाको हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

एजेन्सीः मेक्सिकोमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ। लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जानकारी गराएको हो।

हेलिकप्टरमा १५ जना सवार थिए। दुर्घटनामा एक जना बाँच्न सफल भएका छन्।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिनअघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो।

दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन।

राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ। यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो।

असार ३२, २०७९ शनिबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।