सामाजिक सञ्जालबाट गायब समान्था, के भयो उनलाई ?
एजेन्सीः दक्षिण भारतीय स्टार अभिनेत्री हुन्- समान्था। उनी बेलबखत सामाजिक सञ्जालमा 'हट' र 'ब्युटिफुल' तस्बिर हालेर फ्यानहरूलाई आफ्नो उपस्थितिको जनाउ दिइरहन्थिन्।
उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय अभिनेत्री पनि हुन्। तर, पछिल्लो १४ दिनदेखि समान्था सामाजिक सञ्जालबाट गायब छिन्।
उनको इन्स्टाग्रामको पछिल्लो पोस्ट जुन ३० को छ। अर्थात्- १६ दिनअघिको। त्यो पनि कुनै इलेक्ट्रिक मोटरसाइकलको पेड प्रोमोशन। ट्वीटरमा भने उनले जुलाई २ मा कफी विथ करणको एक ट्रेलर रिट्वीट गरेकी छिन्। उनी इन्स्टाग्राममा १६ र ट्वीटरमा १४ दिनदेखि गायब छिन्।
आफ्नो बारे समान्थाले गरेको इन्स्टाग्राम पोस्ट भनेको जुन १६ मा छ। त्यो पनि कुनै औपचारिक प्रोग्रामको।
यही दिनबाट हिसाब गर्ने हो भने त समान्था गायब भएको एक महिना नै पुग्छ। समान्था यस्ती नायिका हुन् जो नागा चैतन्यसँग डिभोर्स भएर जीवनको अफ्ठ्यारो समयमा हुँदा पनि सामाजिक सञ्जालमा उत्तिकै सक्रिय थिइन्। उनी आफैंमा रमाउने किसिमकी व्यक्ति भएको बताइन्छ।
तर अहिले के पर्यो समान्थालाई?
भारतीय मिडियाको रिपोर्टअनुसार समान्था एकाएक गायब भएपछि उनको मानसिक स्वास्थ्यलाई लिएर फ्यानहरूले चिन्ता व्यक्त गरेका छन्।
तर कसै-कसैले भने समान्था कमब्याकको तयारीमा रहेको र छिटै नै शानदार रूपमा फिर्ता हुने बताइरहेका छन्।
समान्थालाई के भयो र किन सामाजिक सञ्जालबाट गायब छिन् भन्ने चाहिँ कसैले ठ्याक्कै जवाफ दिएको छैन।
इन्स्टाग्राममा यस्तो छ समान्थाको तस्बिरहरू
असार ३२, २०७९ शनिबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।