भोलिबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन हुने, कुन बार कुन फोहोर उठ्छ ?

भोलिबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन हुने, कुन बार कुन फोहोर उठ्छ ?

काठमाडौंः भोलि साउन १ गतेबाट काठमाडौं महानगरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन हुने भएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले यसअघि जेठ २४ गते फेसबुकमार्फत कुहिने र नकुहिने फोहोर छुट्याउन र नछुट्याए सङ्कलन नगर्ने बताएका थिए।

त्यसपछि महानगरले एक सूचना जारी गर्दै साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको थियो।

जसअनुसार अब आइतबार र बुधबार कुहिने फोहोर सङ्कलन हुनेछ। यस्तै नकुहिने फोहोर सोमबार र शुक्रबार सङ्कलन हुनेछ।

अब वर्गीकरण नगरिएका फोहर, फोहर बोक्ने गाडीसम्म ल्याएमा पुनः घरमा नै फर्काउने र प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ)अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गराउने महानगरले जनाएको छ।

यस्तै महानगरले प्लाष्टिकको झोलाको साटो कपडा वा कागजको झोला प्रयोग गर्न पनि अनुरोध गरेको छ।

असार ३२, २०७९ शनिबार ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।