श्रीलङ्काकाको अन्तरिम राष्ट्रपतिमा विक्रमासिङ्घेले लिए शपथ

श्रीलङ्काकाको अन्तरिम राष्ट्रपतिमा विक्रमासिङ्घेले लिए शपथ

एजेन्सी : भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन्।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको सपथ लिएका छन्। श्रीलङ्कामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताएका थिए। 

औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुगेका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाएका हुन्। संसद्का सभामुख अबेवर्देनाले एएनआईलाई भने, राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ, कानुनी प्रक्रिया अगाडि बढ्नेछ सदस्यहरूलाई भोलि (राष्ट्रपति चयन गर्न) आमन्त्रित गरिने छ।”

असार ३१, २०७९ शुक्रबार १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।