के 'आरआरआर' को इन्टर्भलको सिन ५३ वर्ष पुरानो फिल्मबाट चोरिएको हो ?

के 'आरआरआर' को इन्टर्भलको सिन ५३ वर्ष पुरानो फिल्मबाट चोरिएको हो ?

एजेन्सीः भारतीय फिल्ममध्येकै ब्लकबस्टर 'आरआरआर' यतिबेला फेरि चर्चामा छ। यो चर्चा चाहिँ केही नेगेटिभ छ।

अहिले आरआरआरलाई ५३ वर्ष पुरानो फिल्मबाट प्लट चोरेको आरोप लागेको छ। तर फिल्म ब्लकबस्टर भएको र सबैको प्रिय भएकाले होला, यसलाई धेरैले इन्स्पायर्ड भनेका छन्। अर्थात्- चोरी होइन, प्रभावित।

अक्सर भनिन्छ, विज्येन्द्र प्रसाद (आरआरआरका लेखक तथा एसएस राजामौलीका पिता) पुराना फिल्म र पुराना साहित्यबाट प्रभावित हुन्छन्। र अहिले आरआरआरको इन्टर्भलको सिन पनि ५३ वर्ष पुरानो तेलुगु फिल्म 'मन्ची मित्रुलु' बाट प्रभावित भएको भन्ने आक्षेप लागेको छ। यो आक्षेप लगाउने अरू कोही नभएर तुलुगु फिल्म उद्योगकै मानिसहरू भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

सन् १९६९ मा रिलिज भएको मन्ची मित्रुलुमा पनि एक चोर र एक पुलिसबीचको मित्रता देखाइएको छ। तर दुवैलाई एकअर्काको पृष्ठभूमि भने थाहा हुँदैन, आरआरआरमा जस्तै।

तर जब कृष्ण नाम गरेको पात्रले सोहन बाबु नाम गरेको पात्र पुलिस हो भन्ने थाहा पाउँछ, ऊ स्तब्ध हुन्छ। र पुलिस पात्रले चोर पात्रलाई पक्राउ गर्छ- आरआरआरमा जस्तै।

आरआरआर हेर्ने दर्शकले मन्ची मित्रुलु हेरे भने यो समानता प्रष्ट देख्नसक्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

यसबारे हालसम्म आरआरआरको निर्माण टिमले केही पनि खुलाएको छैन।

असार ३१, २०७९ शुक्रबार ११:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।