डोनाल्ड ट्रम्पकी जेठी श्रीमतीको मृत्यु

डोनाल्ड ट्रम्पकी जेठी श्रीमतीको मृत्यु

एजेन्सीः अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी श्रीमतीको मृत्यु भएको छ। इभाना ट्रम्पको ७३ वर्षको उमेरमा आज मृत्यु भएको हो।

इभाना र डोनाल्डका तीन सन्तान छन्। डोनाल्ड जुनियर, इभान्का र एरिक ट्रम्प।

इभानाको मृत्युपछि डोनाल्डले लेखेका छन्, 'उनी अद्भूत, सुन्दर र चकित बनाउने महिला थिइन् जसले महान् र प्रेरणादायी जीवन बाँचिन्।'

इभाना र ट्रम्पले सन् १९७७ मा विवाह गरेका थिए। उनीहरू विवाहको १५ वर्षपछि सन् १९९२ मा छुट्टिए।

न्युयोर्कको घरमा इभाना भर्याङछेउमा अचेत अवस्थामा फेला परेकी थिइन्। स्थानीय प्रहरीले मृत्युको कारण भर्याङबाट लडेर हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

असार ३१, २०७९ शुक्रबार ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।