देउवालाई केन्द्रीय सदस्य झाको प्रश्न : तराइमा कांग्रेस सिद्ध्याउन खोजेको सभापतिज्यू ?
काठमाडौँ : नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य मिनाक्षी झाले पार्टीको नेतृत्वले नै मधेसमा पार्टीको सङ्गठन सिद्ध्याउने प्रयास गरेको गम्भीर आरोप लगाएकी छिन्। केन्द्रीय समितिको बैठकमा बोल्दै उनले प्रतिस्पर्धी पार्टीलाई टिकट दिएर कांग्रेसलाई कमजोर बनाउने काम भएको बताएकी हुन्।
उनले यस्तै हो भने प्रदेश २ मा पार्टी सिद्धिने भन्दै बैठकमै प्रश्न गरेकी थिइन्' हाम्रो प्रतिस्पर्धी पार्टीलाई टिकट दिएर कांग्रेस सिद्ध्याउन खोजेको हो?, तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू।'
उनले राजनीतिक रूपमा निकै महत्त्व रहेको जनकपुरमा पार्टीको उम्मेदवारलाई टिकट नदिएको भन्दै आक्रोश पोखेकी थिइन्। जनता समाजवादी पार्टी लगायत क्षेत्रीय पार्टीहरूसँग भिड्न कांग्रेस बनाउन स्थानीय नेता तथा कार्यकर्ताले दुख गर्ने तर केन्द्र उनीहरूसँगै मिल्ने गरेको बताएकी थिइन्।
'हाम्रै जनकपुरमा टिकट खोसेर जसपालाई दिएपछि हामी कसरी लड्ने ? कांग्रेस तराईमा सिद्ध्याउन खोजेको हो? अब तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू।'
असार ३०, २०७९ बिहीबार १८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।