कांग्रेस बैठकमा कृष्ण सिटौलाको प्रश्न : भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ ?

कांग्रेस बैठकमा कृष्ण सिटौलाको प्रश्न : भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ ?

काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बाम गठबन्धन भए कांग्रेसलाई गाह्रो हुने भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन हुनुपर्ने पक्षमा उभिएका छन्। केन्द्रीय समितिको बैठकमा उनले भने' स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो , भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ?'

उनले गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुङ्गो लगाउन आवश्यकता नभएको भन्दै बैठकमा देश जता जान्छ तेतै जाने भन्दै भने' धेरै साथीहरूले गठबन्धन गरौँ नगरौँ भन्नुभयो। तर त्यो परिस्थितिले भन्ने कुरा हो।'

उनले बैठकमा गठबन्धनका कारण केन्द्र , प्रदेश र स्थानीय तहमा कांग्रेसको सरकार रहेको र जनताका कुरा सुनिन थालेको दाबी गरे। निर्वाचनसम्म देशको परिस्थिति कस्तो हुन्छ भन्ने एकिन नभएको र अहिले कसैले पनि गठबन्धन गरौँ भनेर प्रस्ताव नगरेको उनको तर्क थियो।

' गठबन्धनबारे छलफल भएको छैन। त्यसकारण गठबन्धन यता पनि हुन सक्छ उता पनि हुन सक्छ,' उनले बैठकमा भएको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

उनले चुनावमा गठबन्धन मात्र सबै कुरा नभएको भन्दै साथीहरूले मिहिनेत गरेको र जहाँ गठबन्धन भएर मिहेनत भएन त्यहाँ हारेको बताएका थिए।

'अहिलेको यो आर्थिक सङ्कट हाम्रो कारणले आएको होइन।  हामीले गरेर पनि केही सक्दैनौँ। तर जनताको नजरमा सरकारले केही गर्दैछ भन्ने त पर्नु पर्यो नि। भरोसा जनतालाई दिनु पर्यो।'

असार ३०, २०७९ बिहीबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।