माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

एजेन्सी : देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन्। 

उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए। तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन्।

असार ३०, २०७९ बिहीबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।