कोरोना सङ्क्रमण बढेसँगै लस एन्जलसमा मास्क अनिवार्य गर्ने तयारी

कोरोना सङ्क्रमण बढेसँगै लस एन्जलसमा मास्क अनिवार्य गर्ने तयारी

एजेन्सीः कोरोना भाइरसको सङ्क्रमण पुनः बढेसँगै एक करोड जनसङ्ख्या भएको लस एन्जलसमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई लागू गर्ने तयारी भइरहेको छ। अस्पताल भर्ना हुने बिरामीको चाप बढेकाले मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको त्यहाँकी स्वास्थ्य निर्देशक बारबरा फेरेरले बताइन्।

हाल अमेरिकामा कोभिड–१९ को नयाँ भेरियन्ट बिए फाइभको सङ्क्रमण बढेको छ। नयाँ भेरियन्टले अमेरिकी राज्यहरूमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढाएको छ भने बिरामीको मृत्युदरमा पनि वृद्धि भएको छ।

यसको रोकथामका लागि केही स्वास्थ्य विज्ञले सुरक्षात्मक उपाय अवलम्बन गर्न ढिलो भएको बताएका छन्।

असार ३०, २०७९ बिहीबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।